२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

दाङ जिल्लामा १२ हजार नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ। खोप कार्यक्रम भदौ २ देखि ४ गतेसम्म जिल्लाका दश स्थानीय तहमा सञ्चालन हुनेछ।

स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार जिल्लाका ९५ वटा खोप केन्द्रमार्फत खोप लगाइनेछ। घोराही उपमहानगरपालिकामा १५ खोप केन्द्रबाट २ हजार ४ जना, तुलसीपुर उपमहानगरपालिकामा २५ केन्द्रबाट ५ हजार ४ जना, लमही नगरपालिकामा ८ केन्द्रबाट ९ सय ६० जनालाई खोप दिइनेछ।

त्यसैगरी राप्ती गाउँपालिकामा ९ केन्द्रबाट १ हजार २०, गढवा गाउँपालिकामा ९ केन्द्रबाट १ हजार २०, राजपुर गाउँपालिकामा ४ केन्द्रबाट २०४, बङ्गलाचुली गाउँपालिकामा ८ केन्द्रबाट ३००, बबई गाउँपालिकामा ४ केन्द्रबाट २९४, शान्तिनगर गाउँपालिकामा ५ केन्द्रबाट ५००, र दंगीशरण गाउँपालिकामा ७ केन्द्रबाट ६९६ जनालाई खोप लगाइने छ।

फोकल पर्सन वलीका अनुसार यसपटक फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई दिइनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय