२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलिरहेकै बेला नियमित महाधिवेशन गर्नुपर्ने विचारहरू आइरहेका छन् । सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको अवधि नियमित अवधि आगामी मंसिरमा सकिने हुँदा १५ औं महाधिवेशन गर्नु उपयुक्त हुने धारणा आइरहेका छन् ।

२०७८ मंसिर २४ गतेबाट कांग्रेसको १४ औं महाधिवशेन सुरु भएको थियो । त्यस अनुसार देउवा नेतृत्वको समितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । प्रतिकूल अवस्थामा एकवर्षे कार्यकाल थप्न सकिने विधानको व्यवस्था छ । हालको बदलिँदो अवस्था र पार्टी पुर्नगठनको माग समेत उठिरहेको हुँदा चारवर्ष सकिए लगत्तै नियमित महाधिवेशन गर्नुपर्ने तर्क नेताहरु गरेका छन् ।

सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार जेनजी आन्दोलन अघि २२ जिल्लामा नवीकरण सकिने क्रममा थियो ।

सदस्यता व्यवस्थापन समितिको बैठक पछिल्लोपटक बुधबार (आज) बसेको थियो । जेनजी आन्दोलनबाट पार्टी ४० बढी कार्यालयमा क्षति पुगेको हुँदा नवीकरणको अवस्था यकिन हुन नसकेको केन्द्रीय सदस्य रसाइलीले जानकारी गराए ।

‘४० बढी जिल्लामा आगजनी भएको छ । कागजातहरु सबै नष्ट भएका छन्,’ रसाइलीले अनलाइनखबरसँग भने ‘जिल्लाहरुमा नवीकरणको अवस्थाको बुझेर केन्द्रीय समिति बैठकमा महामन्त्रीले हालसम्मको अवस्था जानकारी गराउने निर्णय आज भएको छ ।’कांग्रेस विधान अनुसार सदस्यता वितरण अधिकार प्रतिनिधि सभा क्षेत्रीय समितिलाई हुनेछ । सदस्यता नवीकरणको जिम्मेवार जिल्ला समितिलाई हुन्छ ।

कांग्रेसका नेताहरुले वर्तमान नेतृत्वबाट चुनावमा जान नसकिने बताउँदै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने विषय उठाइरहेका छन् ।

पार्टी पुर्नगठनको माग सम्बोधन हुने र विशेष महाधिवेशनको आवश्यकता नहुने गरी उपयुक्त विकल्प नियमित महाधिवशेन हुने नेताहरु बताउँछन् ।नियमित महाधिवशेन गर्नका लागि पहिलो शर्त क्रियाशील सदस्यता टुंगिनुपर्ने हुन्छ ।महामन्त्री थापा पुरानो क्रियाशील सदस्यताको नवीकरण जुन अवस्था रहेको छ, त्यही अवस्थामा छोडेर नयाँ सदस्यतका लागि दुई महिना अवधि राखेर नियमित महाधिवेशन गर्न सकिने बताउँछन् ।

महामन्त्री थापा नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन गर्नुपर्ने वा विधानको सबै धारा निलम्बन गरी पार्टीका सदस्यबाट सिधै सभापति छान्नुपर्ने विचार राख्छन् ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय