२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको टेलिफोन कुराकानीमा ट्रम्पले आफूले अनुमति दिएको खण्डमा इसराइलले पुनः गजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन्।

इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

सम्झौताअनुसार हमासले ७२ घन्टाभित्र सबै जीवित बन्धक र मृत्यु भएकाहरूको शव फिर्ता गर्नुपर्ने भनिएको थियो।तर हमासले मृत्यु भइसकेका सबै बन्धकहरूको शव अझै फिर्ता गरेको छैन।

सिएनएनका अनुसार हमासले अहिलेसम्म ८ वटा शव इसराइललाई हस्तान्तरण गरेको छ। यद्यपि एउटा शव बन्धकको नरहेको भेटिएको थियो।

युद्धविराम सहमति गर्दै हमासले हतियार त्याग्ने, गजाको सरकारमा प्रतिनिधित्व गर्ने विषयमा गम्भीर असहमति जनाएको थियो।यद्यपि सम्झौतामा उल्लेख सबै विषय सबै पक्षले पालना नभए यद्धविराम भाँडिन सक्ने ट्रम्पले बताएका छन्।ट्रम्पकै २० बुँदे प्रस्तावमा टेकेर गत बिहीबार गजामा युद्धविराम घोषणा भएको थियो।

त्यसपछि सोमबार हमासले सबै जीवित बन्धकहरूलाई मुक्त गरेको थियो। युद्धविराम भएपछि गजामा हजारौं प्यालेस्टिनीहरू फर्किएर खण्डहर बनेको क्षेत्रमै बस्न थालेका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय