२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर बुधबार बिहान दुर्घटनामा परेको छ । सगरमाथा आधार शिविर नजिकैको हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा हेलिकोप्टरमा पाइलट विवेक खड्का मात्र सवार थिए । उनी सकुशल रहेका र तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ । खड्कालाई कैलास एयरको अर्को हेलिकोप्टरमार्फत लुक्ला पुर्याइएको हो ।

डीएसपी कुँवरका अनुसार दुर्घटनाबाट हेलिकोप्टरमा सामान्य क्षति पुगेको छ । भक्तपुर निवासी पाइलट खड्का अहिले स्वास्थ्य परीक्षणका लागि लुक्लामै रहेका छन् ।

सगरमाथा क्षेत्र हाल लगातार हिमपात र तीव्र हावा चलिरहेका कारण हवाई गतिविधिमा असर परेको बताइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय