२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि सागसब्जी, मसला र फलफूलका थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज बजारमा अधिकांश तरकारीको मूल्य केही वृद्धि भएको छ भने केही वस्तुको मूल्य स्थिर रहेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु.७५, गोलभेँडा सानो (लोकल) रु.७८ र टनेल गोलभेँडा रु.९३ मा तोकिएको छ। आलु रातो प्रतिकिलो रु.९० र आलु सेतो रु.६५ कायम भएको छ। यस्तै, प्याज (भारतीय) प्रतिकिलो रु.४० मा उपलब्ध छ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो रु.१३०, गाजर (तराई) रु.११०, बन्दा (लोकल) रु.७५, काउली (स्थानीय) रु.१६०, मूला रातो रु.६०, सेतो मूला (लोकल) रु.४० र हाइब्रिड मूला रु.५० तोकिएको छ।

भन्टा लाम्चो रु.७०, भन्टा डल्लो रु.८०, तने बोडी रु.१५०, मकै बोडी रु.६०, मटर कोसा रु.२२०, घिउ सिमी (लोकल) रु.९०, हाइब्रिड रु.८५, राजमा सिमी रु.२००, तीतो करेला रु.१००, लौका रु.८०, परवर (लोकल र तराई दुवै) रु.८५, चिचिण्डो रु.७०, घिरौँला रु.९०, पाकेको फर्सी रु.५५, हरियो लाम्चो फर्सी रु.८०, डल्लो फर्सी रु.७०, सलगम रु.११०, भिन्डी रु.१००, सखरखण्ड रु.१००, बरेला रु.५० कायम गरिएको छ।

सागसब्जीतर्फ रायो साग प्रतिकिलो रु.१५०, पालुङ्गो रु.२००, चमसुर रु.२६०, तोरीको साग रु.९०, मेथीको साग रु.२५०, तरुल रु.२५०, हरियो प्याज रु.२००, च्याउ (कन्य) रु.२५० र च्याउ (डल्ले) रु.४०० तोकिएको छ। यस्तै, कुरिलो प्रतिकिलो रु.५५० र ब्रोकाउली रु.२३० मा तोकिएको छ।

अन्य तरकारीमा चुकुन्दर रु.१००, सजीवन रु.२५०, रातो बन्दा रु.१५०, जिरीको साग रु.३५०, सेलरी रु.४००, पार्सले रु.५००, पुदिना रु.४५० र गान्टेमुला रु.८० तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु.२३०, स्याउ (फुजी) रु.३००, केरा (दर्जन) रु.१३०, कागती रु.१३०, अनार रु.३५०, सुन्तला (नेपाली) रु.१००, सुन्तला (भारतीय) रु.१३०, तरबुजा हरियो रु.७०, मौसम रु.१००, जुनार रु.२२०, भुइँकटहर प्रतिगोटा रु.१५५, काँक्रो (लोकल) रु.१३० र काँक्रो (हाइब्रिड) रु.४० कायम गरिएको छ।

यस्तै, निबुवा रु.६०, मेवा (नेपाली) रु.९०, मेवा (भारतीय) रु.१००, अम्बा रु.१२०, लप्सी रु.६०, किबी रु.२६०, सरिफा रु.२०० र आभोकाडो रु.३५० मा बिक्री भइरहेको छ।

मसला र अन्य वस्तुहरूमा अदुवा रु.८०, खुर्सानी सुकेको रु.४००, खुर्सानी हरियो रु.११०, हरियो लसुन रु.३५०, हरियो धनियाँ रु.७५०, लसुन सुकेको (चाइनिज) रु.२०० र नेपाली लसुन रु.१८० तोकिएको छ।

माछामासु वर्गमा ताजा माछा (रहु) रु.३४०, बचुवा रु.२८०, छडी रु.२५०, र सुकेको माछा रु.१००० मा उपलब्ध छ। राजा च्याउ रु.३०० र सिताके च्याउ रु.९०० मा बिक्री भइरहेको छ।

समितिले उपभोक्तालाई मूल्यको पारदर्शिता सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ। साथै व्यापारीहरूले चिसो मौसम र ढुवानी खर्च बढेसँगै केही तरकारीको मूल्य अस्थायी रूपमा बढेको बताएका छन्।

नोट: कालीमाटी बजारमा तोकिएको यो मूल्य थोक मूल्य हो। खुद्रा बजारमा यसमा केही वृद्धि हुनसक्ने बताइन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय