२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारामा एमालेको सभा रोक्न गरिएको प्रयासलाई लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितमाथिको गम्भीर चोट भएको टिप्पणी गरेका छन्।

ललितपुरमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विमानस्थल क्षेत्रमा गरिएको तोडफोड र सभामाथिको अवरोधलाई नियोजित र अपराधिक गतिविधि भन्दै कडा आपत्ति जनाए।

उनका अनुसार जेनजी आन्दोलनका नाममा अराजक कार्य गर्ने समूहलाई प्रोत्साहन दिइँदै आएको छ, र त्यही समूहले बारामा बुधबार उस्तै गतिविधि दोहोर्याएको दाबी गरे। “सभा नै गर्न नदिनेहरूले चुनाव गराउँछ भनेर कसरी विश्वास गर्ने?” ओलीले प्रश्न गरे।

ओलीले सरकारले स्वतन्त्र अभिव्यक्ति रोक्ने प्रयास गरिरहेको आरोप पनि लगाए। दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गरिएको घटना सरकारको निरंकुश प्रवृत्तिको प्रमाण भएको उनको भनाइ छ। उनले प्रसाईंलाई तत्काल रिहाइ गर्न माग गरे।

उनले वर्तमान सरकारलाई वैधानिकता नभएको पुनः दोहोर्याउँदै संसद पुनःस्थापनाको विकल्प नभएको दाबी गरे।

देश अप्ठेरो राजनीतिक चरणमा भएकाले नेता–कार्यकर्ता एकजुट हुनुपर्ने उनले बताए। “अहंकारले देश बन्दैन्,” ओलीले भने, “दृढ संकल्पका साथ देश र जनताको पक्षमा उभिन सक्ने शक्ति आवश्यक छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय