२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

जेन–जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको तथ्य खोजीका लागि गठन गरिएको जाँचबुझ आयोग अब छानबिनको संवेदनशील चरणमा प्रवेश गरेको छ।

आयोगले पहिले फील्डमा खटिएका अधिकारीहरूका बयान लिइसकेको भए पनि अब तत्कालीन राजनीतिक नेतृत्वलाई समेत बयानका लागि समावेश गर्ने तयारी गरेको छ।

आयोग पछिल्ला चार दिनदेखि तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहसचिव छवि रिजाल र त्यतिबेलाका काठमाडौं प्रहरी प्रमुख (हाल डिआइजी) विश्व अधिकारीसँग विस्तृत बयान लिइरहेको छ।

२३ भदौको दिन राजधानीमा भएको दमनमा उनीहरूको भूमिकाबारे विस्तृत रूपमा सुनुवाइ भइरहेको आयोगका एक अधिकारीले जनाएका छन्। आइतबारसम्म पनि बयान पूरा हुन नसकेपछि सोमबारबाट मात्र अर्को चरणमा प्रवेश हुने बताइएको छ।

रिजाल र अधिकारीको बयानपछि आयोगले तत्कालीन एआइजी र आइजिपीसँग बयानका लागि मिति तय गर्दै छानबिनलाई अझै तीव्र बनाउने तयारी गरेको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले ‘तत्कालीन सरकारका सबै तहका जिम्मेवार व्यक्तिलाई’ छिट्टै बोलाउने योजनामा छ।

आयोगको रोडम्याप अनुसार आइजिपीपछि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र अन्ततः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाइनेछ। आयोगको कार्यकाल अझै दुई हप्ता मात्र बाँकी रहेकाले छानबिनलाई समयमै निष्कर्षमा पुर्‍याउन बयान प्रक्रिया द्रुत गतिमा अघि बढाइएको छ।

यसैबीच, जेन–जी आन्दोलनका अगुवाहरू भने राजनीतिक नेतृत्वमाथि अझ कडा कारबाहीको माग गर्दै आएका छन्। उनीहरूका अनुसार २३ भदौको विरोध प्रदर्शनमा नयाँ बानेश्वर क्षेत्रमै गोली प्रहार हुँदा १७ जनाको ज्यान गएको घटनामा मुख्य जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीकै हुँदाहुँदै उनीहरूलाई कारबाहीको दायरामा नल्याइँदा न्याय अधुरो भएको छ। जेन–जी नेता सुदन गुरुङले ‘प्रमुख दोषीलाई पक्राउ नगरे देशव्यापी आन्दोलनमा जाने’ चेतावनीसमेत दिएका छन्।

१७ जनाको मृत्यु, देशभर फैलिएको आन्दोलन र त्यसपछि तत्कालीन ओली सरकार ढलेर सुशीला कार्की नेतृत्वको चुनावी सरकार बनेको तथ्यले यो छानबिनलाई अझै राजनीतिक रूपमा संवेदनशील बनाएको छ। आन्दोलनका क्रममा आगजनीमा संलग्न भएकाहरूलाई प्रहरीले गिरफ्तारी गरिरहेको भए पनि आन्दोलनकारीहरू ‘दमनका वास्तविक जिम्मेवारहरू उन्मुक्त रहन नहुने’ भन्दै निरन्तर दबाब दिइरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय