२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने समय सीमा थप गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले नयाँ म्याद पुस ५ गतेसम्म कायम रहने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार पार्टी एकीकरण प्रक्रियामा भर्खर समावेश भएको समूहका सदस्यहरूको प्राविधिक प्रक्रिया पूरा गर्न समय आवश्यक भएकाले म्याद थपिएको हो। साथै, उच्च संवाद समितिबाट अन्य समूहसँग भइरहेको सम्भावित सहकार्य र एकता प्रयास पनि यस निर्णयको कारण रहेको बताइएको छ।

जेन–जी समूह र सरकारले हालै गरेको सम्झौतापछिको राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै उम्मेदवारी दर्ताको समय विस्तार गरिएको रास्वपाले स्पष्ट पारेको छ। आवश्यकता परे कुनै पनि समयमा आवेदन प्रक्रिया रोकिन सक्ने भन्दै पार्टीले आकांक्षीहरूलाई सावधानीपूर्वक आवेदन दिन आग्रह गरेको छ।

यसअघि नै आवेदन खुला गरिसकेको रास्वपामा अब इच्छुकहरूले पुस ५ गतेसम्म समानुपातिक उम्मेदवारीका लागि फारम बुझाउन सक्नेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय