२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा | लुम्बिनीले सेट गर्‍यो सम्मानजनक स्कोर विराटनगरलाई १३५ रनको चुनौती |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने समय सीमा थप गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले नयाँ म्याद पुस ५ गतेसम्म कायम रहने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार पार्टी एकीकरण प्रक्रियामा भर्खर समावेश भएको समूहका सदस्यहरूको प्राविधिक प्रक्रिया पूरा गर्न समय आवश्यक भएकाले म्याद थपिएको हो। साथै, उच्च संवाद समितिबाट अन्य समूहसँग भइरहेको सम्भावित सहकार्य र एकता प्रयास पनि यस निर्णयको कारण रहेको बताइएको छ।

जेन–जी समूह र सरकारले हालै गरेको सम्झौतापछिको राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै उम्मेदवारी दर्ताको समय विस्तार गरिएको रास्वपाले स्पष्ट पारेको छ। आवश्यकता परे कुनै पनि समयमा आवेदन प्रक्रिया रोकिन सक्ने भन्दै पार्टीले आकांक्षीहरूलाई सावधानीपूर्वक आवेदन दिन आग्रह गरेको छ।

यसअघि नै आवेदन खुला गरिसकेको रास्वपामा अब इच्छुकहरूले पुस ५ गतेसम्म समानुपातिक उम्मेदवारीका लागि फारम बुझाउन सक्नेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय