२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो।

अख्तियारका अनुसार चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा रहँदा वैधानिक आम्दानीभन्दा धेरै खर्च र लगानी गरेको पाइएको छ। अनुसन्धानमा चालिसे र उनको परिवारको कुल वैध आम्दानी ४ करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ ६२ पैसा देखिएको छ भने कुल खर्च तथा लगानी ८ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँ ३३ पैसा पुगेको छ।

आम्दानी र खर्चबीच ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ ७१ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति देखिएकाले सो रकम गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार चालिसेविरुद्ध कैद, जरिवाना र बिगो जफतको माग गरेको छ। साथै उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेलको नाममा खरिद तथा लगानी गरिएका सम्पत्तिहरू जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।

यसका अतिरिक्त, सार्वजनिक पद सम्हालेपछि कानूनअनुसार बुझाउनुपर्ने सम्पत्ति विवरण समयमै पेश नगरेको अभियोगमा पनि चालिसेविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जानकारी दिएको छ।

चालिसे विघटित प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति हुन्। उनी यसअघि गोकर्णेश्वर नगरपालिकाका प्रमुख थिए भने २०७९ सालको निर्वाचनमा काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। हालै काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उनलाई एकल उम्मेदवारका रूपमा सिफारिससमेत गरिएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय