२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं-४ बाट उम्मेदवार बन्ने तयारीमा लागेका छन्।  मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा पाण्डे छन्।

बालेन निकट स्रोतका अनुसार मेयर शाहले उनलाई काठमाडौं–४ मा उम्मेदवार बनाउने तयारी गरिरहेका छन्।  ‘काठमाडौंबाट चुनाव लड्ने उहाँको तयारी छ,’ बालेन निकट एक नेताले सेतोपाटीसँग भने, ‘उहाँले मेयरभन्दा पहिला नै राजीनामा दिने तयारी गरिरहनु भएको छ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्।  सेतोपाटीसँग कुरा गर्दै पाण्डेले मेयर शाहसँगै आफूले राजीनामा दिन लागेको स्वीकार गरे।

‘म मेयर साबले छाड्नु भएको महानगरमा एक मिनेट पनि बस्दिनँ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘उहाँले छाड्नु भन्दा अघि मैले छाड्न सक्छु। राजु पाण्डे महानगरमा रहँदैन।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पाण्डेलाई मेयर शाहले गृहमन्त्री बनाउन चाहेका थिए। तर सुरक्षा निकायका प्रमुखहरूले पाण्डेलाई गृहमन्त्री मान्न अस्वीकार गरेका थिए।

मेयर शाहको निर्देशनमा पाण्डेले महानगरमा काम गर्दै आएका थिए। उनले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सरोज गुराराईंलाई कार्यकक्ष प्रवेशमा रोक लगाएका थिए। जनप्रतिनिधि र कार्यकारी प्रमुख महानगरपालिकाको कार्यालय आउँदा समेत उनले प्रहरी लगाएर रोकेका थिए।

पाण्डेलाई गगन थापासँग भिडाउने र आफू पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बालेनको चाहना छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय