२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जनाएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्। मुख्यमन्त्रीले नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

यसैबीच, सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले संयुक्त रूपमा जारी गरेको सूचनामा आजको बैठकमा अनिवार्य उपस्थित भई बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका छन्।

आजको प्रदेशसभा बैठक नयाँ भवनमा हुँदैछ। प्रदेशसभा सचिवालयको भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजदेखि बैठक त्यहीँबाट सञ्चालन हुने भएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय