२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

कात्तिक शुक्ल पञ्चमीका दिन आज देशभरका व्रतालुहरू छठ पर्वको दोस्रो दिन मनाइने ‘खरना’ विधिमा समर्पित छन् । हिजो ‘नहाय–खाय’ विधिबाट सुरु भएको यो महापर्व आज शुद्धता, संयम र श्रद्धासँग निरन्तर भइरहेको छ ।

सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास बस्ने परम्परा छ । बेलुका सूर्यास्त र चन्द्रदर्शन पश्चात् व्रतालुले माटोको नयाँ चुल्होमा दूध, सक्खर र चामलको खीर पकाएर कुलदेवता र छठी मातालाई अर्पण गर्छन् । त्यसपछि सो खीरलाई प्रसादस्वरूप ग्रहण गरिन्छ, जसलाई मिथिला क्षेत्रमा ‘खरना’ भनिन्छ ।

यस दिन व्रतालुले शरीर र मन दुवै शुद्ध गर्ने विश्वास रहन्छ । पहिलो दिनको ‘नहाय–खाय’ र दोस्रो दिनको ‘खरना’ विधि एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । मैथिली भाषामा ‘अर्बा–अर्बाइन’ भनिने परम्पराअनुसार पहिलो दिन अशुद्ध मानिने अन्न र परिकारको सेवन निषेध गरिन्छ ।

आजको ‘खरना’लाई आत्मसंयम, स्वधर्म र पापमोचनको प्रतीकका रूपमा लिने गरिन्छ । भोली अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले नदी, तलाउ र जलाशयमा गई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि यो महान् सूर्य उपासना पर्वको विधिवत् समापन हुनेछ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय