२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा बुधबारदेखि सुनुवाइ सुरू भएको छ । एनेक्स भवनमा तयार पारिएको संवैधानिक इजलासमा पाँच सदस्यीय न्यायाधीशहरूको उपस्थितिमा प्रारम्भिक बहस सुरू गरिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सहभागी छन् ।

रिट सुनुवाइका क्रममा बहसकर्तालाई समान रूपमा ५–५ मिनेट समय दिइएको छ । रिट निवेदकको तर्फबाट प्रेमराज सिलवालले बहस सुरू गरेका छन् भने टिकाराम भट्टराईलगायतका कानुन व्यवसायीहरू पनि सुरुआती पक्षबाट प्रस्तुत हुने छन् ।

बहसको प्रारम्भमा प्रधानन्यायाधीश राउतले बहसकर्ताहरूलाई “विषयमा केन्द्रित भएर तर्क राख्न” आग्रह गरेका थिए । संसद् विघटनको संवैधानिक वैधता र प्रधानमन्त्री नियुक्तिसम्बन्धी निर्णयमाथि इजलासमा आज दिनभर बहस चल्ने अनुमान गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय