२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढीपीडितहरूलाई राहत सामग्री सहयोग गर्ने घोषणा गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मन गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फे मार्फत सहयोग सामग्री वितरणको सम्झौता गरेका हुन् ।

राजदूत भोल्ज र सो संस्थाका देशीय निर्देशक सकेब नवीबीच मंगलबार उक्त सम्झौता सम्पन्न भएको जर्मन दूतावासले जनाएको छ ।

दूतावासका अनुसार करिब रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री आगामी दुई महिनाभित्र स्थानीय समुदायको सहकार्यमा बाढीपीडितसम्म पुर्‍याइने छन् । राहत वितरणमा विपन्न र अत्यधिक प्रभावित परिवारलाई प्राथमिकता दिइने जनाइएको छ ।

यसअघि पनि जर्मनीले सर्लाही र रौतहटका बाढीपीडितका लागि करिब रु एक करोड ६४ लाख बराबरको राहत उपलब्ध गराएको थियो । जर्मनीले नेपालका विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय