
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डीपी अर्यालबीच बुधबार भेटवार्ता भएको छ। संसद बैठक सुरु हुनुअघि सभामुख अर्यालले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग संवाद गर्ने क्रममा प्रधानमन्त्री शाहसँग पनि छलफल गरेका हुन्।
सभामुखको सचिवालयका अनुसार भेटमा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको छ। प्रतिनिधिसभाको बैठक बिहीबारदेखि निरन्तर सञ्चालन हुने तयारी छ।
यसैबीच, सभामुख अर्यालले बुधबार एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’सँग पनि छुट्टै भेटवार्ता गरेका छन्।
यसअघि मंगलबार सभामुख अर्यालले प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए।
त्यसैगरी, मंगलबार नै सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि संसद सञ्चालन र समन्वयका विषयमा छलफल गरेका थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
