२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन |

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबार सानेपामा बसेको बैठकमा अधिकांश सदस्यहरूले नियमित समयमै महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार आसन्न निर्वाचनअघि महाधिवेशन सम्भव छैन।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा करिब १५ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखे। बैठकमा सहभागी नेता मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, टेकप्रसाद गुरुङ, रमा कोइराला (पौडेल), रंगमती शाहीलगायतले पार्टीले अहिले निर्वाचन तयारीमा ध्यान दिनुपर्ने मत राखे।

बैठकमा वक्ताहरूले संगठनलाई बलियो बनाउन आन्तरिक एकता र स्पष्ट रोडम्याप आवश्यक रहेको पनि औंल्याए। उनीहरूले निर्वाचन नजिकिएकाले महाधिवेशनको एजेन्डा अहिले अघि सार्दा संगठनमा भ्रम सिर्जना हुन सक्ने बताएका छन्।

बैठकमा आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र अमरसिंह पुनले समेत अहिलेको परिस्थितिमा महाधिवेशन भन्दा निर्वाचन तयारी प्राथमिकता हुनुपर्ने तर्क राखे।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बिहीबारको बैठकमा विस्तृत छलफलपछि निर्णय स्थगित गरिएको छ र पुनः शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य कारणले अनुपस्थित छन्। उनले केही दिनअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका थिए।

बैठकले आगामी निर्वाचन रणनीति, गठबन्धन नीति र संगठन सुदृढीकरणका विषयमा केन्द्रित छलफल जारी राख्ने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय