२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफैं नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

प्रसाईं दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका थिए। उनले अभियान चलाउँदा विभिन्न अवरोध र कठिनाइको सामना गर्नु परेको बताउँदै अब प्रत्यक्ष राजनीतिक संलग्नता आवश्यक भएको बताएका छन्।

“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरो प्राथमिकता अब मेरो परिवार मात्र होइन, नेपाल र नेपाली हुनु पर्छ। राजनीतिले बिगारेको सुधारका लागि हामी बाध्य भएका छौं,” उनले भने।

प्रसाईंले केही समयभित्र दलको नाम सार्वजनिक गर्ने योजना पनि बताएका छन्। “म लगायत हाम्रो अभियान र साथिहरूले राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ दल खोल्ने निर्णय गरेका छौं,” उनले थपे।

विशेषज्ञहरूले प्रसाईंको राजनीतिक प्रवेशले आगामी चुनाव र पार्टी संरचनामा नयाँ प्रतिस्पर्धा सिर्जना गर्न सक्ने अनुमान गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय