२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

२४ कार्तिक २०८२,

घरेलु मैदान इत्तिहाद रंगशालामा आइतवार सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोनजालेज र जेरेमी डोकूले गोल गरे।

हालान्डले सुरुवातमै पाएको पेनाल्टी गुमाए । यद्दपी उनले नै २९औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि भर्जिल भान डाइकले बराबरी गोल गरे। तर लिभरपुल को गोल  भिएआर परिक्षणपछि उनको गोल अफसाइडका कारण अस्वीकृत भयो।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा गोनजालेजको प्रहार विपक्षी खेलाडीबाट डिफ्लेक्ट भएर गोल हुँदा सिटीले पहिलो हाफमै २-० ले अगाडि बढ्यो।

६३औं मिनेटमा क्लबसँगको आफ्नो १ सयौं खेल खेलिरहेका डोकूले आकर्षक गोल गर्दै जित पक्का गरे।

यो जितपछि सिटी २२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ ‌। शीर्ष स्थानको आर्सनल भन्दा सिटी ४ अंकले मात्र पछि छ। लिभरपुल ११ खेलपछि १८ अंकसहित आठौं स्थानमा झरेको छ।

आइतवारका अन्य खेलमा एस्टन भिल्लाले बोर्नमाउथलाई ४-१ ले, बेनफोर्डले न्युक्यासललाई र नटिङघम फरेस्टले लिड्सलाई समान ३-१ ले हराएको छ। क्रिस्टल प्यालेस र ब्राइटनले गोलरहित बराबरी खेलेका छन्।

मंचेस्टर सिटी

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय