२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

कप्तान रोहितकुमार पौडेलको शतकीय प्रदर्शनले पनि नेपाललाई जित दिलाउन सकेन। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो।

पहिला ब्याटिङ गर्दै नेपालले ५० ओभर पूरा गर्न नसक्दै २३३ रनमा अलआउट भयो। कप्तान रोहितले उत्कृष्ट पारी खेल्दै १३० बलमा ५ चौका र २ छक्कासहित १०० रन पूरा गरे। उनको यो एकदिवसीय करियरको दोस्रो शतक हो। आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।

बलिङतर्फ युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा युएईले ४३.३ ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएर सहज जित हात पार्‍यो। ओपनर आर्यन शर्माले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ९८ रन बनाए। उनको साथमा अलिसान सरफुले ४५ रनको योगदान दिए।

नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्र ऐरीले समान १–१ विकेट हात पारे।

यो हारपछि नेपालको लिग–२ यात्रा थप कठिन बनेको छ। अहिले नेपाल १८ खेलमा १२ अंकसहित सातौं स्थानमा छ भने युएई समान खेलबाट ८ अंकसहित पुछारमा छ।

नेपालले अब शनिबार अमेरिकाविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ, जसमा जित आवश्यक हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय