२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु हतियार भएको भए उसले पश्चिम एसियाली देशहरूविरुद्ध प्रयोग गरिसक्ने दाबी गरेका छन्। उनले इरानमाथि गरिएको अमेरिकी आक्रमणलाई सफल ठहर गर्दै इरानी परमाणु कार्यक्रम ‘पूर्ण रूपमा नष्ट’ गरिएको दाबी गरेका छन्।

मंगलबार दिएको अभिव्यक्तिमा ट्रम्पले यदि अमेरिका युद्धमा नगएको भए इरानले दुई हप्ताभित्रै परमाणु हतियार तयार पार्ने र त्यसलाई पश्चिम एसियामा प्रयोग गर्ने बताएका हुन्। उनले पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सन् २०१५ को परमाणु सम्झौताले इरानलाई यस्तो क्षमता विकास गर्न दिएको आरोप समेत लगाए।

ट्रम्पका अनुसार, “यदि इरानसँग परमाणु हतियार भएको भए, उनीहरूले प्रयोग गरिसक्थे। यदि मैले ओबामाको परमाणु सम्झौता अन्त्य नगरेको भए, उनीहरूसँग धेरै अघि नै यस्तो हतियार हुन्थ्यो।” उनले अमेरिकाले आक्रमण नगरेको भए इरानले छोटो समयमै हतियार तयार पार्ने र त्यसलाई इजरायलसहित सम्पूर्ण मध्यपूर्वमा प्रयोग गर्ने दाबी गरे।

यद्यपि, ट्रम्पले यसअघि नै इरानका नटान्ज, फोर्डो र इस्फाहानस्थित परमाणु केन्द्रहरूमा आक्रमण गरेर कार्यक्रम नष्ट गरिएको बताएका थिए। यस्तो अवस्थामा पुनः इरानले छोटो समयमै हतियार बनाउने दाबीबारे उनले स्पष्ट व्याख्या भने गरेका छैनन्।

यसैबीच, ट्रम्पले इरानसँग वार्ता भइरहेको पनि पुष्टि गरेका छन्। उनका अनुसार उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनर वार्तामा संलग्न छन्।

ट्रम्पले अमेरिका र इजरायलका आक्रमणपछि इरानले प्रत्याक्रमण गर्ने अपेक्षा नभएको पनि दोहोर्याए। उनले रक्षामन्त्री पीट हेगसेथसँग कुरा गर्दा उनी पनि अपेक्षाभन्दा बढी चकित भएको बताएका थिए।

युद्धलाई लिएर ट्रम्पले यो ‘युद्ध नभई सैन्य अपरेसन मात्र’ भएको दाबी गरेका छन्। उनले यसलाई ‘युद्ध’ भनेर चित्रण गर्ने काम डेमोक्र्याटहरूले गरेको आरोप लगाए।

दुवै पक्षबीच आक्रमण जारी रहँदा पनि ट्रम्पले भने अमेरिका विजयी भएको दाबी गरेका छन्। “हाम्रा विमानहरू तेहरानमाथि उडिरहेका छन्, उनीहरूले केही गर्न सक्दैनन्। यदि हामीले कुनै पनि संरचना निशाना बनाउन चाह्यौं भने रोक्ने अवस्था छैन,” उनले भने।

इरानले होर्मुज जलडमरू बन्द गर्दा विश्वको करिब २० देखि २५ प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ र अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढिरहेको छ। तर, ट्रम्पले भने इरान पूर्ण रूपमा पराजित भइसकेको र सैन्य रूपमा कमजोर भएको दाबी दोहोर्याएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय