
बागमती प्रदेशको मन्त्रिपरिषद् अब पूर्ण भएको छ। शुक्रबार पाँच नयाँ मन्त्रीले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको टोली ९ सदस्यीय बनेको हो।
नवनियुक्त मन्त्रीहरूमा युवा तथा खेलकुदमा उर्मिला नेपाल, सामाजिक विकासमा कञ्चनचन्द्र वादे, संस्कृति तथा पर्यटनमा सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारणमा विनु रायमाझी र आर्थिक मामिला तथा योजनामा प्रभात तामाङ रहेका छन्। यससँगै विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुनको जिम्मेवारी दिइएको छ।
अबको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ५ र सत्ता साझेदार नेकपा एमालेका ४ मन्त्री छन्। कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, खानेपानी र उद्योगसहितका मन्त्रालयहरू पहिले नै मन्त्रीले सम्हालिरहेका छन्।
राजनीतिक रूपमा अस्थिर देखिएको बागमती प्रदेशमा पूर्ण मन्त्रिपरिषद गठनलाई सरकारको स्थायित्वतर्फको संकेतका रूपमा हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।