२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

बागमती प्रदेशको मन्त्रिपरिषद् अब पूर्ण भएको छ। शुक्रबार पाँच नयाँ मन्त्रीले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको टोली ९ सदस्यीय बनेको हो।

नवनियुक्त मन्त्रीहरूमा युवा तथा खेलकुदमा उर्मिला नेपाल, सामाजिक विकासमा कञ्चनचन्द्र वादे, संस्कृति तथा पर्यटनमा सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारणमा विनु रायमाझी र आर्थिक मामिला तथा योजनामा प्रभात तामाङ रहेका छन्। यससँगै विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुनको जिम्मेवारी दिइएको छ।

अबको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ५ र सत्ता साझेदार नेकपा एमालेका ४ मन्त्री छन्। कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार, वन तथा वातावरण, श्रम, खानेपानी र उद्योगसहितका मन्त्रालयहरू पहिले नै मन्त्रीले सम्हालिरहेका छन्।

राजनीतिक रूपमा अस्थिर देखिएको बागमती प्रदेशमा पूर्ण मन्त्रिपरिषद गठनलाई सरकारको स्थायित्वतर्फको संकेतका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय