२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई ‘संविधानविपरीत र बलमिच्याँइको परिणाम’ भनेर कडा आलोचना गरेका छन्।

भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार संविधानले होइन, शक्ति र सम्झौताको दबाबमा बनेको आरोप लगाए। उनले प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बन्न संसद् विघटनलाई सर्त बनाएको दाबी समेत गरे।

‘अहिले देश असमान्य अवस्थाबाट गुज्रिरहेको छ,’ ओलीले भने, ‘यो सरकार संविधान अनुसार होइन, बलमिच्याँइले बनेको हो। अहिलेकी प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न संसद् भंग गर्ने सर्त राखेर मात्र शपथ लिनु भएको हो।’

ओलीका अनुसार संसद् विघटनको पूर्वशर्तसहित प्रधानमन्त्री बन्नु लोकतान्त्रिक मूल्य र संविधान दुवैको उल्लङ्घन हो। उनले भने, ‘संसद् भंग गर्ने सर्तमा प्रधानमन्त्री बन्नु भनेको जनताको सर्वोच्च प्रतिनिधि संस्थामाथि प्रहार हो।’

त्यस क्रममा उनले संविधानले पूर्वप्रधानन्यायाधीशलाई सरकारी पदमा बस्न निषेध गरेको प्रावधान सम्झाउँदै कार्कीको नियुक्ति नै विवादास्पद भएको टिप्पणी गरे। ‘संविधान स्पष्ट छ—पूर्वन्यायाधीश वा प्रधानन्यायाधीश सरकारी पदमा बस्न सक्दैनन्,’ ओलीले भने, ‘तर अहिले प्रधानमन्त्री बन्नु स्वयं संविधानविपरीत कदम हो।’

उनले देशमा स्थापित लोकतान्त्रिक संरचना कमजोर पार्ने प्रयास भइरहेको भन्दै सबै राजनीतिक दल र नागरिकलाई सचेत रहन पनि आग्रह गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय