२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारले १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत हो। प्रदेश सरकारका अनुसार अपेक्षित दरमा राजस्व संकलन हुन नसके पनि प्रमुख शीर्षकहरूबाट नियमित आम्दानी भइरहेको छ।

प्रदेश सरकारको राजस्व संकलनमा घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर मुख्य आयस्रोतका रूपमा रहेका छन्। चालु आर्थिक वर्षमा यी दुई शीर्षकबाट बाँडफाँटसहित ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको थियो। तर साउनदेखि मङ्सिरसम्मको अवधिमा लक्ष्यको २८ दशमलव ६३ प्रतिशत अर्थात् आठ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ मात्र संकलन भएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालका अनुसार घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट सात अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा पाँच महिनाको अवधिमा एक अर्ब ६६ करोड ८५ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ। यस्तै सवारीसाधन जाँचपास, रुट अनुमति, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आठ अर्ब २५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म दुई अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

प्रदेश सरकारले बाँडफाँटमार्फत प्राप्त हुने मूल्य अभिवृद्धि कर (भ्याट) बापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको थियो। तर पाँच महिनामा तीन अर्ब छ करोड ८६ लाख ७१ हजार रुपैयाँ मात्र संकलन भएको मन्त्रालयले जनाएको छ। अन्तःशुल्क करतर्फ चार अर्ब तीन करोड ७९ लाख नौ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य रहेकामा एक अर्ब सात करोड २३ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ।

संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियो। तीमध्ये पाँच महिनामा ३८ दशमलव ३८ प्रतिशत अर्थात् पाँच अर्ब ६८ करोड ७५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको अधिकृत सन्यालले जानकारी दिए।

यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा हालसम्म लक्ष्यको ३१ दशमलव ४४ प्रतिशत अर्थात् एक अर्ब ५० करोड २१ लाख ९७ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।

आर्थिक तरलताको अवस्था, घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, साथै गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा प्रदेश सरकारका राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय