२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पेट्रोलियम पदार्थको मूल्य घटेको एक दिनमै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलको अभाव देखिएको छ। अधिकांश निजी पेट्रोल पम्पले इन्धन सकिएको भन्दै बिक्री वितरण बन्द गरेका छन्।

धेरै पम्पले सटरमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर सेवा रोकेका छन्। सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने इन्धन भर्न सवारीसाधनको लामो लाइन लागेको छ। काठमाडौं उपत्यकामा नेपाल प्रहरीको पेट्रोल पम्पमा बिहानैदेखि ठूलो भिड देखिएको छ भने बानेश्वर आसपासका धेरै निजी पम्प बन्द रहेका छन्।

उपत्यकाबाहिरका केही जिल्लामा पनि पेट्रोल पम्प बन्द भएको जानकारी आएको छ।

नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो।

मूल्य घटेपछि बजारमा इन्धन अभाव भएको चर्चा चलिरहे पनि नेपाल आयल निगमले भने वास्तविक अभाव नभएको स्पष्ट पारेको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार केही व्यवसायीले बढी नाफा कमाउने उद्देश्यले मूल्य घट्ने जानकारी पाएपछि इन्धन लोड नगरी कृत्रिम अभाव सिर्जना गरेका हुन्।

उनले निगमसँग पर्याप्त इन्धन मौज्दात रहेको र सहज रूपमा आपूर्ति भइरहे पनि केही पम्पले जानाजानी इन्धन नउठाएर ‘इन्धन छैन’ भन्दै सूचना राखेको बताए।

प्रवक्ता ठाकुरले इन्धन उपलब्ध हुँदाहुँदै बिक्री नगर्ने वा मूल्य घट्ने थाहा पाएर लोड नगर्ने पेट्रोल पम्पमाथि अनुगमन सुरु गरिएको जानकारी दिए। त्यस्ता पम्पले नियम उल्लंघन गरेको पाइए सिल गर्ने गरी कारबाही गरिने उनले बताए।

उनका अनुसार केही पम्पको भण्डारण क्षमता कम भएकाले कतिपय स्थानमा आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने भए पनि समग्र बजारमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ मौज्दात रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय