२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफैं नेतृत्वमा नयाँ दल गठन गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।

प्रसाईं दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका थिए। उनले अभियान चलाउँदा विभिन्न अवरोध र कठिनाइको सामना गर्नु परेको बताउँदै अब प्रत्यक्ष राजनीतिक संलग्नता आवश्यक भएको बताएका छन्।

“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरो प्राथमिकता अब मेरो परिवार मात्र होइन, नेपाल र नेपाली हुनु पर्छ। राजनीतिले बिगारेको सुधारका लागि हामी बाध्य भएका छौं,” उनले भने।

प्रसाईंले केही समयभित्र दलको नाम सार्वजनिक गर्ने योजना पनि बताएका छन्। “म लगायत हाम्रो अभियान र साथिहरूले राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ दल खोल्ने निर्णय गरेका छौं,” उनले थपे।

विशेषज्ञहरूले प्रसाईंको राजनीतिक प्रवेशले आगामी चुनाव र पार्टी संरचनामा नयाँ प्रतिस्पर्धा सिर्जना गर्न सक्ने अनुमान गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय