२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

२३ पुष २०८२, बुधवार

नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ । विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो ।

पार्टीभित्र केही नेताहरूले नियमित महाधिवेशनलाई अगाडि बढाउनुपर्ने माग गर्दै आएका थिए। तर हालैको विवाद र नेतृत्वप्रति असन्तुष्टि बढेपछि ५४ प्रतिशतभन्दा बढी प्रतिनिधि ले विशेष महाधिवेशन मागका लागि हस्ताक्षर पेश गरेका थिए। सो मागलाई केन्द्रीय कार्यसमितिले विचार गर्दै विशेष महाधिवेशन बोलाउने निर्णय गरेको हो। जसअनुसार महाधिवेशन अगाडि बढाउन प्रक्रिया तुरुन्त अघि बढाइने बताइएको छ।

विशेष महाधिवेशनले पार्टीभित्रको संगठनात्मक संरचना, नेतृत्व चयन प्रक्रिया र आगामी चुनाबी रणनीतिबारे निर्णय लिने अपेक्षा गरिएको छ। साथै पार्टीका वरिष्ठ नेताहरू बीचको मतभेद, महाधिवेशनको मिति तथा स्थान जस्ता विषयहरू यस सम्मेलनले समेट्नेछ।

बैठकमा उपस्थित नेताहरूले यस निर्णयलाई पार्टी अखण्डता र राजनीतिक मजबुतीका लागि आवश्यक रहेको बताएका छन्। केही नेताहरूले विवादका कारण पार्टीलाई दीर्घकालीन रूपमा असर पुर्‍याउन सक्ने भन्दै शीघ्र समाधान खोज्न जोड दिएका छन्।

विशेष महाधिवेशनलाई लिएर आन्तरिक तयारी, प्रतिनिधि चुनौति र कार्यतालिका जस्ता विषयहरूमा छलफल अगाडि बढेको बताइन्छ। पार्टीभित्रका विभिन्न कमिटीहरूलाई पनि प्रतिनिधिहरूको नाम दर्ताका लागि निर्देशन दिइएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय