२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्। यसक्रममा उनले सांसदहरूलाई आफ्ना क्षेत्रका समस्या र आवश्यकताहरू स्पष्ट र संक्षेपमा राख्न आग्रह गरेका छन्।

कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सुरुमै ‘टू द पोइन्ट’ रूपमा कुरा राख्न अनुरोध गरेका थिए। उनले अनावश्यक विस्तारभन्दा मुख्य विषयमा केन्द्रित भएर धारणा राख्न जोड दिएका थिए।

प्रधानमन्त्री शाहले सांसदहरूलाई तीन वर्गमा समस्या र आवश्यकताहरू प्रस्तुत गर्न भनेका छन्। उनका अनुसार तत्कालै कार्यान्वयन गर्नुपर्ने काम, बजेट आउनुअघि सम्पन्न गर्न सकिने काम र आगामी बजेटमार्फत समेट्नुपर्ने योजनाहरू छुट्टाछुट्टै रूपमा राख्नुपर्नेछ।

उनले तत्काल गर्नुपर्ने कामका लागि आवश्यक बजेट मिलाउन सकिने संकेत पनि दिएका छन्। तर, काम केवल औपचारिकताका लागि नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको हुनुपर्नेमा उनले जोड दिएका छन्।

त्यसैगरी, केही योजनाहरू आगामी आर्थिक वर्षको बजेटमार्फत अघि बढाउन सकिने भएकाले प्राथमिकताका आधारमा सूची तयार पार्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

छलफलमा सहभागी एक सांसदका अनुसार अधिकांशले आफ्ना क्षेत्रका आवश्यकताहरू प्रस्तुत गरेका छन् भने केहीले थप अध्ययन गरेर प्रतिवेदन दिने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय