२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अमेरिका र इरानबीच भएको शान्ति वार्ता निष्कर्षमा नपुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत ट्रम्पले सो जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई रोकेर जाँच गरिने स्पष्ट पारेका छन्। विशेषगरी इरानलाई शुल्क (टोल) तिर्ने जहाजहरूलाई निगरानीमा राखिने उनले उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार, इरानलाई अवैध रूपमा शुल्क तिर्ने जहाजहरूलाई सुरक्षित मार्ग उपलब्ध गराइने छैन। यस कदमले इरानको आर्थिक क्षमता कमजोर बनाउने उद्देश्य राखिएको उनले बताएका छन्। उनले अमेरिका जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको र आवश्यक परे युद्ध अन्त्य गर्न कदम चाल्ने चेतावनीसमेत दिएका छन्।

यसअघि इरानका उप–संसद अध्यक्ष हाजी बाबाईले होर्मुज जलघाँटी इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए। उनले उक्त क्षेत्रलाई तेहरानको “रेड लाइन” को रूपमा व्याख्या गर्दै त्यहाँबाट गुज्रने जहाजहरूले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए।

यसैबीच, इरान र संयुक्त राज्य अमेरिकाबीच इस्लामाबादमा करिब २१ घण्टा लामो शान्ति वार्ता भएको थियो। तर वार्ता निष्कर्षमा पुग्न सकेन। रिपोर्टअनुसार, होर्मुज जलघाँटी सञ्चालन र इरानको आणविक कार्यक्रमका विषयमा दुवै पक्षबीच मतभेद कायमै रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय