२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा आज दलहरुसँग छलफल गर्दैछन्।साँझ ४ बजेका लागि डाकिएको बैठकमा प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो। त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र गगन थापा बैठकमा सहभागी हुने भएका छन्।  राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए।

‘उच्चस्तरिय सहभागिताका लागि भनेर पत्र आएको थियो’, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक गोविन्द आचार्यले भने, ‘वर्षमानजी र पम्फाजी सहभागी हुनुहुनेछ। हाम्रो तर्फबाट सरकारलाई निर्वाचनमा सहयोग गर्ने र निर्वाचनको वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउने तयारी छ।‘

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय