२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा आज दलहरुसँग छलफल गर्दैछन्।साँझ ४ बजेका लागि डाकिएको बैठकमा प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो। त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र गगन थापा बैठकमा सहभागी हुने भएका छन्।  राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए।

‘उच्चस्तरिय सहभागिताका लागि भनेर पत्र आएको थियो’, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक गोविन्द आचार्यले भने, ‘वर्षमानजी र पम्फाजी सहभागी हुनुहुनेछ। हाम्रो तर्फबाट सरकारलाई निर्वाचनमा सहयोग गर्ने र निर्वाचनको वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउने तयारी छ।‘

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय