२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

२६ पुष २०८२, शनिवार

नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ती जारी गरेको छ।

शुक्रबार विज्ञप्ती जारी गर्दै जिल्ला कार्यसमितिले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको हो।

‘यतिखेर नेपाली कांग्रेसमा तमाम कार्यकर्तासँगसँगै आम जनताले खोजिरहेको रूपान्तरित र परिवर्तनशील कांग्रेस निर्माण गर्ने महाअभियानमा जुटिरहेको छ। कांग्रेस बदल्ने र कांग्रेससँगै देश बदल्नले संकल्प र अठोट गरेर कांग्रेसले आगामी बाटो तय गर्नेछ। त्यसैले यही पुस २७ र २८ गते काठमाडौंमा नेपाली कांग्रेसले आफ्नो विशेष महाधिवेशनको आह्वान गरेको छ,’ विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा जिल्ला कार्यसमिति सभापति युवराज जोशी, प्रदेश सभा ‘क’ का सभापति राजकुमार क्षेत्री, प्रदेश ‘ख’ का सभापति परविन गुरूङ लगायत विभिन्न गाउँपालिका/नगरपालिका कार्यसमिति सभापतिहरूले हस्ताक्षर गरेका छन्।

WhatsApp-Image-2026-01-10-at-06.21.15-1768010560.jpeg

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय