
सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई वैशाख १९ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्यालले चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउने भएपछि सरकारले नयाँ नेतृत्व चयन गरेको हो । अर्याल २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी नियमावलीअनुसार आईजीपीको कार्यकाल चार वर्ष तोकिएको छ । नवनियुक्त आईजीपी पौडेल र निवर्तमान आईजीपी अर्याल नेपाल प्रहरीको १११ औँ ब्याचका अधिकृत हुन् । उनीहरू २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए र २०५८ सालमा सशस्त्र प्रहरी बल गठन हुँदा सोही संगठनमा समायोजन भएका थिए […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com