
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेता प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) लाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी पूर्वपदाधिकारी सम्मिलित कार्यसंयोजन समितिको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णयतर्फ अघि बढेको एक नेताले जानकारी दिएका छन् । बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमा बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिने उल्लेख गरिएको छ । यसअघि नेकपाको प्रवक्ताका रूपमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा रहेका थिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरण भएर नेकपा गठन हुनुअघि बुढाथोकी समाजवादी पार्टीका उपाध्यक्षका रूपमा रहेका थिए ।
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com