
काठमाडौंसहित देशका विभिन्न स्थानमा बुधबार साँझ हावाहुरीसहित वर्षा भएको छ । लुम्बिनी प्रदेशदेखि पूर्वतर्फका धेरै स्थानमा हावाहुरीसँगै वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले विशेषगरी वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । अन्य प्रदेशका केही क्षेत्रमा पनि हावाहुरीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यकामा पनि हावाहुरी चलेको छ । यहाँ प्रतिघण्टा करिब ७० किलोमिटर वेगमा हावा चलेको बताइएको छ । यो वेग प्रतिसेकेन्ड १९ मिटर बराबर हुने मौसमविद् अधिकारीले जानकारी दिए । अहिलेको अवस्था अनुसार अझै करिब १२ घण्टासम्म हावाहुरीको सम्भावना रहेको छ । यद्यपि देशभर एकैपटक हावाहुरी नचल्ने र फरक–फरक समयमा विभिन्न स्थानमा यसको प्रभाव देखिने बताइएको छ । साँझसम्म लुम्बिनी प्रदेशदेखि […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com