
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको कदमलाई लोकतन्त्रविरुद्ध भएको बताएका छन्। रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सदन छलेर अध्यादेश ल्याउनु असहज र अस्वीकार्य भएको बताए। उनले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु संवैधानिक मान्यताविपरीत भएको उल्लेख गरे। प्रचण्डले यस्तो कदम नदोहो¥याउन सरकारलाई पहिले नै सचेत गराइएको पनि बताए। उनले अध्यादेश राष्ट्रपतिकहाँ पुगिसकेको भन्दै अबको अवस्थाबारे हेर्न बाँकी रहेको प्रतिक्रिया दिए। उनका अनुसार विशेष अवस्थामा मात्रै अध्यादेश आवश्यक हुने भए पनि सदन बोलाएर पनि बैठक नबसालेर अध्यादेश ल्याउनु गलत अभ्यास हो। उनले संवैधानिक परिषद्मा आफ्ना पक्षका व्यक्तिहरू राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको आरोपसमेत लगाए। यसैबीच उनले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति पनि असन्तुष्टि […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com