
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यस खेलका लागि नेपाली टोलीमा चार खेलाडी परिवर्तन गरेका छन्। अघिल्लो खेलमा रहेका ओपनर कुशल भुर्तेल र आशिफ शेखसँगै बसिर अहमद र करण केसी यसपटक बेन्चमा छन्। उनीहरूको स्थानमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरिएको छ। लामो समयपछि विनोद भण्डारीले सिनियर टोलीमा पुनरागमन गरेका छन् भने अर्जुन कुमालले प्लेइङ ११ मा स्थान बनाएसँगै डेब्यु गर्ने अवसर पाएका छन्। नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको थियो। घरेलु टोली […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com