
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विस्थापित सुकुम्बासीको पुनःस्थापनाका लागि ‘ज्ञ’ (ज्ञान) क्रान्तिको स्पष्ट खाका सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै तत्काल योजना प्रस्तुत गर्नुपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले बस्तीमा डोजर चलाएर हजारौँ नागरिक विस्थापित भएको अवस्थामा राज्यसँग स्पष्ट र व्यवस्थित पुनःस्थापना योजना आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले लेखेका छन्, “वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका नागरिकलाई स्पष्ट योजनासहित समयमै आश्वस्त पार्नुपर्ने होइन र?” पोखरेलले विगतका विपद् व्यवस्थापनका उदाहरण पनि उल्लेख गरेका छन्। उनले २०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीपश्चात् सरकारको पुनःस्थापना प्रयासलाई सकारात्मक उदाहरणका रूपमा […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com