नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई ‘संविधानविपरीत र बलमिच्याँइको परिणाम’ भनेर कडा आलोचना गरेका छन्। भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार संविधानले होइन, शक्ति र सम्झौताको दबाबमा बनेको आरोप लगाए। उनले प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बन्न संसद् विघटनलाई सर्त बनाएको दाबी समेत गरे। ‘अहिले देश असमान्य अवस्थाबाट गुज्रिरहेको छ,’ ओलीले भने, ‘यो सरकार संविधान अनुसार होइन, बलमिच्याँइले बनेको हो। अहिलेकी प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न संसद् भंग गर्ने सर्त राखेर मात्र शपथ लिनु भएको हो।’ ओलीका अनुसार संसद् विघटनको पूर्वशर्तसहित प्रधानमन्त्री बन्नु लोकतान्त्रिक मूल्य र संविधान दुवैको उल्लङ्घन हो। उनले भने, ‘संसद् भंग गर्ने सर्तमा प्रधानमन्त्री बन्नु भनेको जनताको सर्वोच्च प्रतिनिधि संस्थामाथि प्रहार हो।’ त्यस […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news