
मन्त्रिपरिषद् गठन भएको १२ दिन नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर गरेका छन्। मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उक्त हेरफेर गरिएको हो। नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत रहेका छन्। यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ भने पाँचौँ स्थानमा झारिएका छन्। चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो स्थानमा उकासिएको छ। यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई छैटौँबाट चौथो स्थानमा ल्याइएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल भने पाँचौँ स्थानबाट छैटौँमा झरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल सातौँ स्थानबाट १२औँ स्थानमा पुगेका […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com