पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारको पत्रकार भेटघाटमा नयाँ परिस्थितिमाथि चर्चा त गरे नै, सँगसँगै भदौ २४ को घटना र त्यसपछिका दिनमा आफूले भोगेका केही अनुभव पनि सुनाए। उनी शुक्रबार दिउँसो साढे १ बजेतिर पाटन महालक्ष्मीस्थानको रिभाइभ रेस्टुरेन्टमा पत्रकारहरूसँग कुराकानी गर्न उपस्थित भएका थिए। ठ्याक्कै एक महिनाअघि, लगभग यही समयतिर उनी त्यही सिंहदरबारभित्र थिए, जुन पछि आगजनी र तोडफोडले खण्डहरमा परिणत भयो। उनी त्यति बेला सिंहदरबारमा प्रतिपक्षी दलहरूसँग छलफल गर्दै थिए। भदौ २३ गते नयाँबानेश्वरमा भएको घटनापछि प्रतिपक्षी दलहरूको धारणा के हुनुपर्छ र कसरी अघि बढ्नुपर्छ भन्नेमा छलफल केन्द्रित थियो। त्यही बेला सूचना आयो — देशभरि प्रदर्शनकारीहरू भड्किएका छन्। संसद, अदालत जस्ता प्रमुख सरकारी संस्थाहरूमा आगजनी सुरू भइसकेको छ। र, आगजनी गर्ने भिड सिंहदरबारतिर […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news