
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको गुनासो बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणसँग सेवाको अवस्थाबारे जानकारी माग गरेका छन् । बिहीबार प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिएका हुन् । उनले गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले काठमाडौं उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए । नागरिकलाई भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउन नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । “दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन् । त्यसमा […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com