
नेपाल क्रिकेट संघले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्। यसपटकको टोलीमा नियमित कप्तान रोहित पौडेल भने समावेश छैनन्। त्यस्तै केही नयाँ खेलाडीलाई मौका दिइएको छ भने केही अनुभवी खेलाडीले पुनरागमन गरेका छन्। कुशल मल्ल टोलीमा फर्किएका छन् भने सन्तोष यादवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम र नन्दन यादव रहेका छन्। त्यस्तै सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्ल पनि १५ सदस्यीय टोलीमा परेका छन्। रिजर्भ खेलाडीमा प्रतिश जीसी, नारायण जोशी र राशिद खानलाई […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com