
सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता बढाउने र पहुँच सहज बनाउने विषयमा आफू गम्भीर रहेको बताएका छन्। पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले संसदीय गतिविधि तथा समितिहरूमा सञ्चारकर्मीको पहुँच सहज बनाउने दिशामा काम भइरहेको जानकारी दिए। सभामुख अर्यालले आफू सजिलै सम्पर्कमा रहने व्यक्ति भएको उल्लेख गर्दै सञ्चारकर्मीले गर्ने धेरैजसो फोन आफूले उठाउने गरेको बताए। हाल प्रयोगमा रहेको अस्थायी संसद् भवनका कारण प्राविधिक र व्यवस्थापकीय चुनौतीहरू देखिएको स्वीकार गर्दै उनले ती समस्या क्रमशः समाधान गरिने बताए। राष्ट्रपति आगमनजस्ता उच्चस्तरीय कार्यक्रमका बेला पनि संरचनागत सीमितताले असहजता निम्त्याएको उनको भनाइ थियो। पत्रकारका लागि पास, कार्ड र रिपोर्टिङ पहुँचका विषयलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। कुनै पनि समूहले विभेद भएको अनुभूति नगर्ने गरी नीति बनाइनुपर्नेमा उनले जोड दिए। […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com