
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आयोजित प्रदर्शनमा सहभागी अमिशा पराजुली आफूविरुद्ध भएको चरित्रहत्या र साइबर दुर्व्यवहारको उजुरी दिन साइबर ब्यूरो पुगेकी छन्। पराजुली आमा, दिदीलगायत परिवारका सदस्यसँगै आज साइबर ब्यूरो पुगेकी हुन्। ओलीको पक्राउविरुद्ध नेकपा एमालेले आयोजना गरेको प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा लक्षित आक्रमणको सिकार बनेकी छन्। उनीमाथि सामाजिक सञ्जालमार्फत यौनहिंसाको धम्की दिइएको छ भने अश्लील शब्द प्रयोग गर्दै चरित्रहत्या गर्ने गतिविधि भइरहेको बताइएको छ। सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने र यौनहिंसाको धम्की दिने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न पराजुलीले माग गरेकी छन्।
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com