मनसुनी वायुको प्रभाव क्रमश: कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिन्छ । त्यसको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी । तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ । महाशाखाका अनुसार आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news