विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको अर्थतन्त्रमा व्यापक दबाब पर्ने जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधाभन्दा कम हुने देखिएको छ। प्रतिवेदनले नेपालका लागि सम्भावित वृद्धिदर दायरा १.५ देखि २.६ प्रतिशतसम्म सीमित हुने उल्लेख गरेको छ। विश्व बैंकका विश्लेषकहरूले हालको राजनीतिक अस्थिरता, लगानीकर्ताको घट्दो विश्वास, पर्यटन क्षेत्रमा आएको गिरावट र बीमा तथा वित्तीय क्षेत्रमा देखिएको दबाबले समग्र अर्थतन्त्रमा नकारात्मक असर […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news