लामो प्रतीक्षापछि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरिएको छ। देशभरको प्रतिकूल मौसम र हालको अवस्थालाई ध्यानमा राख्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो। असोज २४ गते रिलिज हुने घोषणा गरिएको यो बहुप्रतिक्षित चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) देखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत नयाँ मितिको जानकारी दिँदै दर्शकहरूलाई धैर्य र सहयोगका लागि धन्यवाद पनि दिएका छन्। उनका अनुसार, “हामी चाहन्छौं दर्शकले सुरक्षित र सहज वातावरणमा ‘अभिमन्यु’ हेर्न सकून्। यही कारणले मिति सारिएको हो।” उनले थपे, “यो चलचित्र नेपाली मात्र होइन, विश्वभरका दर्शकको लागि पनि बनाइएको हो।” ‘अभिमन्यु : च्याप्टर १’ नेपालमा नेपाली र हिन्दी दुबै भाषामा […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news