टि–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ। बुधबार ओमानमा सम्पन्न उद्घाटन खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी अभियान थालनी गरेको हो। पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको मध्यम योगफल तयार गर्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक प्रहार गर्दै टोलीलाई सशक्त सुरुवात दिलाए। उनले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। अन्तिम ओभरमा आउट भए पनि उनको इनिङले नेपालको पारी सन्तुलनमा राख्यो। अन्तिमतिर गुल्सन झालले केवल ६ बलमा लगातार तीन छक्का प्रहार गर्दै २० रन जोडे भने दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले क्रमशः २० र १६ रनको योगदान दिए। १४२ रनको लक्ष्य पछ्याउँदै […]
© 2025, All right reserved to Nepali | WorldInfo.News
Visit Global Website at WorldInfo.news