
राष्ट्रियसभा अन्तर्गत चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्। संघीय संसद् सचिवालयमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन्। शपथ लिनेमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया रहेका छन्। उनीहरूले आ–आफ्नो पदको जिम्मेवारी सम्हाल्दै गोपनीयता कायम गर्ने शपथ लिएका हुन्।
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com