
बाढीपहिरोका कारण बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएपछि मनाङमा औषधी, इन्धन, खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएको छ । मर्स्याङ्दी, ठाडोखोला र घट्टेखोलामा आएको बाढीका कारण चामे जोड्ने सडकखण्डका १७ स्थानमा बाटो अवरुद्ध भएको छ । बाढीपहिरोले दर्जनभन्दा बढी घर तथा होटलमा समेत क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालन गर्न अझै एक सातासम्म लाग्न सक्ने देखिएको छ । सडक अवरुद्ध हुँदा विद्युत्, खानेपानी, इन्धन र खाद्यान्नको आपूर्तिसमेत प्रभावित भएको छ । बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट चार सय लिटर इन्धन मनाङ पुर्याइएको थियो । बाढीका कारण चामे र नासोँ गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको प्रहरीले जनाएको छ । मनाङ जोड्ने मुख्य सडक तथा आधा […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com