
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। यससँगै आर्मीले तेस्रोपटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफमा आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोड्दै लक्ष्य पूरा गर्यो। आर्मीले ९३ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पार्यो। सुदूरपश्चिमको सुरुवात कमजोर रह्यो। टोलीले ११ ओभरभित्रै ३१ रन बनाउँदा शीर्ष पाँच विकेट गुमाएको थियो। किरण ठगुन्नाले ३५ रन र नारायण जोशीले २९ रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। अशोक धामीले ४६ बलमा सर्वाधिक ४३ रन […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com