
वीरगन्ज महानगरपालिकाले सडक विस्तारपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै घरभाडा अनावश्यक रूपमा नबढाउन घरधनीहरूलाई अनुरोध गरेको छ। डिभिजन सडक हेटौँडाले गत आइतबार गण्डकचोकदेखि मितेरीपुलसम्मको मुख्य सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काएपछि प्रभावित व्यवसायीहरू भित्री सडकतर्फ सरेका छन्। यसक्रममा भित्री क्षेत्रका घर तथा सटरको भाडा एक्कासी बढेको भन्दै गुनासो आउन थालेपछि महानगरले चासो दिएको जनाएको छ। महानगरको राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गर्दै यस्तो अवस्थामा घरधनीहरूले अत्यधिक भाडा बढाउन दबाब दिने, बढी भाडाको लोभमा सम्झौता अवधि नसकिँदै व्यवसायीलाई हटाउन खोज्ने र अनधिकृत रूपमा धरौटी माग गर्ने जस्ता गतिविधि नगर्न सचेत गराएको छ। महाशाखा प्रमुख मनोजकुमार कर्णका अनुसार घर, कोठा, सटर वा गोदाम बहालमा दिँदा दुवै पक्षबीच दबाबरहित सहमति हुनुपर्छ र यथार्थपरक भाडा दर […]
© 2026, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com